१. परिचय
संस्कृति शब्दको अर्थ नेपाली शब्दकोशका अनुसार धेरै समयदेखि देशकालसापेक्ष भई आन्तरिक, वैचारिक तथा परम्परागत धारणाका रूपमा विकसित हुँदै आएको र आचार विचार, रहनसहन, आदिका माध्यमले कुनै राष्ट्र, कुनै समाज, जाति आदिको स्वरूप खुट्टिने यावत् मान्यता, भावना, चिन्तन, मनन, भौतिक अभिव्यक्तिहरूसमेतको समूह वा साधन भन्ने बुझिन्छ । (पोख्रेल, त्रिपाठी रदाहाल, २०४०ः१२८०)। संस्कृति प्रत्येक मानव समुदायको, राष्ट्रको आ–आफ्नै हुन्छ र संस्कृतिले नै प्रत्येक मानव समुदायलाई चिनाउने गर्छ भने राष्ट्रको पनि पहिचानको रूपमा रहेको हुन्छ ।
२. विभागका क्रियाकलापहरू
नेपालमा उच्च अध्ययनका लागि सर्वप्रथम ५ भाद्र, १९७५ वि.सं. मा त्रि–चन्द्र कलेजको स्थापना भयो । (गौतम, २०७०ः२३) भने संस्कृति विभाग २०१६ सालमा त्रिभुवन विश्वविद्यालय स्थापना हुनु अगि नै खुलेको पाइन्छ । प्राध्यापक गोकुलचन्द्र शास्त्रीजीको यसमा महत्वपूर्ण योगदानरहेको थियो (पौड्याल, २००१ ई.ः३) । सुरुमा प्राचीन इतिहास र संस्कृतिबाट स्थापना भएको यो विभागको पछि नेपाली इतिहास, संस्कृति र पुरातत्व (Nepalese History, Culture and Archaeology NeHCA) भन्ने नामकरण गरियो । त्यसबाट छुट्टिएर २०३९ सालमा छुट्टै संस्कृति विभागको स्थापना भयो । यसभन्दा अगाडि इतिहास विभागसँगै संयुक्त रूपमा संस्कृति विभाग पनि संचालित थियो । संस्कृति विभागको स्थापनापछि संस्कृति विभागको पहिलो विभागीय प्रमुखका रूपमा गोविन्दबहादुर मानन्धर (धूस्वां सायमी) रहनु भएको थियो । संस्कृति विषयकोस्थापना कालदेखि नै गोकुलचन्द्र शास्त्रीसँगै अध्यापन गराउनु हुने प्राध्यापक गोविन्दबहादुर मानन्धर (धूस्वां सायमी) हुनुहुन्थ्यो । गोकुलचन्द्र शास्त्रीले त्रिभुवन विश्वविद्यालयको स्थापनासँगै कीर्तिपुरमा संस्कृति विभागको स्थापनाको लागि योगदान पुयाउनु भएको थियो भने गोविन्द बहादुर मानन्धर (धूस्वां सायमी) ले अमेरिकाका विश्वविद्यालयमा अतिथि प्राध्यापक, नयाँ दिल्ली भारतमा सांस्कृतिक सहचारी (Cultural Attache) नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ आदि महत्वपूर्ण र सम्मानित पदमा आसिन भएर समेत यस त्रि–चन्द्र कलेजको संस्कृति विभागको गरिमालाई उच्च बनाउनु भएको पाइन्छ ।

दुई वर्षे स्नातकबाट सुरु भएको संस्कृति विषय २०५३ सालबाट ३ वर्षे पाठ्यक्रमबाट संचालित भैरहेको छ । यस विभागअन्र्तगत पुरातत्व, इतिहास, धर्म, दर्शन, समाज, प्राचीनकालका लिपिहरू, अभिलेख, मुद्रा, कला वास्तुकला, साँस्कृतिक पर्यटन आदि विषयहरूको अध्यापन गराइन्छ । कोही पनि व्यक्ति आफ्नो ठाउँ, आफ्नो देशको इतिहास संस्कृतिको ज्ञानबिना अधूरै हुन्छ । इतिहास, संस्कृति र सभ्यता भनेको व्यक्तिको, समाजको, राष्ट्रको पहिचान हो, जग हो । इतिहास,संस्कृतिलाई मेटाइदिने हो भने समाजको राष्ट्रको अस्तित्व नै मेटिने हुन्छ । त्यसैले आजका प्रत्येक व्यक्ति अझ युवा वर्गलाई संस्कृति विषयको ज्ञान हुनु आवश्यक छ । आज नेपालीसमाज विदेशी संस्कृतिको प्रभावमा पर्दै आइरहेको छ । समाज विशृङ्खलित जस्तो हुँदै गैरहेको छ । समाजमा नैतिकताको खडेरी हुँदै गैरहेको छ । हामी नेपाली हाम्रा संस्कृतिमा रहेका उत्कृष्ट तत्वहरूको, त्यसमा रहेको वैज्ञानिक महत्व बुझ्न नसकेर अलमलमा परेको अवस्था छ । व्यक्ति सुध्रे समाज सुध्रन्छ, समाज सुध्रे देश बन्छ । त्यसैले पनि समाजलाई हाम्रो संस्कृतिको महत्व बुझाउनु अत्यन्त आवश्यक भैसकेको छ र हाम्रो गौरवशाली इतिहास र संस्कृतिको अध्ययन गर्नु जरुरी छ ।

३. पाठ्यक्रमको बनावट (Course Structure) 

संस्कृति विषयको तीन (३) वर्षे स्नातक तहको पाठ्यक्रम जम्मा ६०० पूर्णाङ्कको हुन्छ र प्रत्येक विषय १०० पूर्णाङ्कको हुन्छ । संस्कृति विषयमास्नातक प्रथम वर्षको पाठ्यक्रम (B.A. 1st yrs. course code no. 201) बाट विद्यार्थीहरूले नेपभलके प्राचीन, मध्य र आधुनिककालको इतिहास तथा प्राचीन र मध्यकालीन नेपाली समाज एवं त्यस बेलाको आर्थिक अवस्थाका बारेमा ज्ञान हासिल गर्न सक्नेछन्।यसै गरी स्नातक दोश्रो वर्षको पाठ्यक्रम (B.A. IInd yrs course code no. 202) अनुसार नेपालका प्रमुख हिन्दू एवं बौद्ध धर्म, प्राचीन, मध्यकालीन सामाजिक जीवनका बारेमा अध्यापन गराइन्छ । स्नातक दोश्रो वर्ष (B.A. 3rd yrs course code no. 203) मा चाहिं नेपालका प्राचीन लिपिहरू, अभिलेखहरू र मुद्राहरूको बारेमा अध्यापन गराइन्छ ।स्नातक तह तेस्रो वर्षको पाठ्यक्रम (B.A. IIIrd year Course no. 304) बाट प्राचीन मध्य र शाहकालीन कला वास्तुकलाका बारेमा विद्यार्थीहरूले ज्ञान प्राप्त गर्नेछन् । स्नातक तेस्रो वर्ष (B.A. 3rd yrs course no. 305) मा पुरातत्व (Archaeology) विषयको अध्यापन हुन्छ । यस विषयअन्र्तगत प्रागैतिहासिक कालमा मानवको विकास, उसले विकास गरेको संस्कृतिका साथै सङ्ग्रहालय विज्ञान, सम्पदा, संरक्षण र सम्बद्र्धन जस्ता विषयहरूको ज्ञान पनि विद्यार्थीहरूले प्राप्त गर्न सक्नेछन् ।स्नातक तह तेस्रो वर्षको (B.A. 3rd yrs course no. 306 Functional paper) साँस्कृतिक पर्यटन विषयमा विद्यार्थीहरूले नेपालमा पर्यटनसम्बन्धी सम्पूर्ण क्रियाकलापहरूको ज्ञान हासिल गर्नेछन् ।
४. त्रि–चन्द्र क्याम्पस संस्कृति विभागमा हालसम्म भएका विभागीय प्रमुखहरूः–
१. प्राध्यापक गोकुलचन्द्र शास्त्री

२. प्राध्यापक गोविन्दबहादुर मानन्धर (धूस्वां सायमी)

३. सह–प्राध्यापक रत्नराज कर्णिकार

४. सह–प्राध्यापक वेनु अर्याल

५. सह–प्राध्यापक डा. बेञ्जु शर्मा

६. सह–प्राध्यापक रम्भा शर्मा

७. सह–प्राध्यापक डा. सीता भण्डारी पौडेल (कार्यरत)
५. निष्कर्ष
संस्कृति विषय के हो र यसअन्र्तगत के कस्ता विषयहरूको अध्ययन अध्यापन हुन्छ भन्ने जानकारी हुन आवश्यक छ । संस्कृति अन्तर्गतकाकतिपय विषयहरू जस्तो पुरातत्व (Archaeology) स्नातकोत्तर तह (M.A.) मा मात्र नभएर स्नातक तह (B.A.) मा पनि प्रयोगात्मक विधि (Practical Method) अनुसार अध्यापन गराउनु पर्ने हो तर यसमा परिमार्जन हुन नसक्दा सैद्धान्तिक विधि (Lecture Method) विधिबाट मात्र अध्यापन गराइन्छ । अन्य विषयहरू जस्तै सांस्कृतिक पर्यटन, प्राचीन लिपिहरू, कला वास्तुकलाजस्ता विषयहरूमा पनि (Field Study) क्षेत्रीय भ्रमण अध्ययन विधिद्वारा अध्यापन हुनु राम्रो हुन्छ । हाल यस्ता विधिहरू नअपनाई सैद्धान्तिक विधि (Theoretical Method) बाट मात्र अध्यापन गराउँदा विद्यार्थीहरूमा यस विषयप्रति आकर्षण घट्दै गैरहेको छ भने भर्ना भएका विद्यार्थीहरूले पनि कक्षामा आएर पढन आवश्यक ठान्दैनन् । संस्कृति विभागअन्तर्गत विद्यार्थीहरूमाझ संस्कृति विषय २०५० को दशकमा निकै लोकप्रिय भएको पाइन्छ । त्रि.वि.अन्तर्गतका क्याम्पसहरूबाट प्रमाणपत्र तह (I.A.) को पठनपाठन हटाएपछि भने संस्कृति विषयप्रति विद्यार्थीहरूको आकर्षण घट्दै गएको पाइएको छ । १०+२ कक्षामा संस्कृतिको स्थान अत्यन्त न्युन छ । विद्यार्थीले संस्कृति विषयको जानकारीनै नपाउने हुँदा उच्च अध्ययनका लागि आउने कुरै भएन । त्यसर्थ १०+२ कक्षामा संस्कृति विषय समावेश हुनु अनिवार्य छ ।

संकाय

डा. सीता भण्डारी पौडेल
सह–प्राध्यापक
विभागीय प्रमुख
लक्ष्मण अर्याल
सह–प्राध्यापक
सुमित्रा राजवंशी
सह–प्राध्यापक
मखना पुन कायस्थ
उप–प्राध्यापक
बेञ्जु श्रेष्ठ
उप–प्राध्यापक
राधादेवी अधिकारी
उप–प्राध्यापक