पृष्ठभूमि
सामाजिक अन्तरसम्बन्धका माध्यमबाट निर्देशित मानवीय समूह समाज हो। समाज त्यस क्षेत्रका मानवीय आवश्यकता परिपूर्तिका लागि निर्मित सांस्कृतिक व्यवहार र त्यहाँको विशिष्ट भौगोलिक विशिष्टता वा पहिचानद्वारा निर्देशित भएको हुन्छ । समाजका बीचको भिन्नता छुट्याउने माध्यम समाजको मौलिकता हुन्छ । नेपाल विश्वको भूगोलमा छुट्टै पहिचान बनाएको देश हो । यहाँको असमान भौगोलिक धरातल र यहाँ पाइने फरक फरक सांस्कृतिक विशिष्टता तथा जातजातिहरूको संस्कृतिलाई उदाहरणका रूपमा लिन सकिन्छ । नेपाल परम्परागत मुलुक हो भने अर्कोतर्फ आधुनिकीकरणका माध्यमबाट समाज रूपान्तरण हुँदै गइरहेको संक्रमणकालीन अवस्थामा पनि अगि बढ्दै गरेको मुलुक पनि हो । यहाँ हुने राजनीतिक परिर्वतनहरू र व्यवस्था परिर्वतनले यो कुरा बताएका छन् । एकातर्फ परम्परागत मूल्य मान्यतासहितका सामाजिक व्यवहारहरू पनि छन् भने अर्कोतर्फ नयाँ प्रविधिसहितका नयाँ पुस्ताहरू बीचको संक्रमणले निम्त्याएका समस्याबाट सामाजिक पारिवारिक बेमेल बढ्दै गएको सन्दर्भमा सामाजिक कार्य विषयको आवश्यकता नेपाली समाजमा बढ्न थालेको देखिन्छ ।

कार्य विषयको आवश्यकता नेपाली समाजमा बढ्न थालेको देखिन्छ ।
सामाजिक कार्य एक सामाजिक विज्ञानको रूपमा सामान्यतया सामाजिक कार्य विभाग झट्ट सुन्दा समाजमा गरिने काम भन्ने लागे तापनि यो आफैमा एउटा विधा हो । यसका आफ्नै क्षेत्रहरू छन् । यसले स्वतन्त्र रूपमा अध्ययन अनुसन्धान गर्नका लागि सैद्धान्तिक दृष्टिकोण, अध्ययन विधिको विकाश गरेको छ । यो विषयले विशेष गरी निम्नलिखित कार्यहरू गर्दछ ः
क) व्यक्तिगत सामाजिक कार्य
ख) सामूहिक सामाजिक कार्य
सङ्गठनात्मक समाजिक कार्यका माध्यमबाट अध्ययन अनुसन्धानसँगै स्थलगत सेवाका कार्यहरू पनि पु¥याउने जमर्को गर्दछ । अन्य सामाजिक विज्ञानहरू र सामाजिक कार्यका बीचको भिन्नता हेर्दा अन्य बिषयहरू अध्ययन अनुसन्धानका माध्यमबाट ज्ञान उत्पादन गर्ने काम गर्दछन् भने यो विषयले अध्ययन अनुसन्धानका माध्यमबाट ज्ञान उत्पादन गर्नुका साथै त्यसलाई सम्बन्धित क्षेत्रका लागि प्रयोग गर्ने काम पनि गर्दछ । यसले बालबालिका, महिला, ज्येष्ठ नागरिक अपाङ्ग असहायका साथै द्वन्द्व पीडितबाट प्राकृतिक प्रकोप पीडितका क्षेत्रमा स्थलगत अध्यायन, अध्यपन गराई प्रयोगात्मक ढङ्गबाट सीप सिकाउने उद्देश्यका साथ तत्काल सेवा प्रदान गरी उनीहरूको जीवनयापनलाई सहजीकरण गरिदिने कामसम्म यो विषयको क्षेत्रभित्र पर्दछ । यसमा ६०% सैद्धान्तिक विषयको अध्ययन गर्ने र ४०% विद्यार्थीहरूलाई स्थलगत अध्ययन गराई प्रयोगात्मक ढङ्गबाट सीप सिकाउने उद्देश्यका साथ पाठ्यक्रमहरू विकास भएकोछ । यसैले नेपालका सन्दर्भमा यसको औचित्य दिन प्रतिदिन बढ्दै गइरहेको छ । ईस्वीको १८ औं र १९ औं शताब्दीतिर युरोपमा धार्मिक, सामाजिक वा मानवीयताका आधारमा गरिनेसेवालाई सैद्धान्तिक ढङ्गबाट भएको पाइन्छ । त्यस क्षेत्रमा भएका ठूला ठूला क्रान्तिपछि आएका परिर्वतन र त्यसले निम्त्याएको सामाजिक सङ्क्रमणलाई सहज रूपमा समायोजन गर्नका लागिसमाजिक कार्य विषयमा विधागत ढङ्गबाट अध्ययन गर्नु पर्छ भन्ने मान्यताका कारणले विभिन्न कलेजर विश्वविद्यालयले पाठ्यक्रम विकास गरी पठनपाठन सुरु गरे । यो क्रम अमेरिका, जापान, अष्ट्रेलियाहुँदै भारतमा पनि सुरु भयो भने नेपालका सुरुमा सामाजिक सेवा Social  Service को नाममा पद्यमकन्या कलेज काठमाडौंले पाठ्यक्रम विकास गरी पठन पाठन गर्न थाल्यो । यस्तै सेन्ट जेभियर्स कलेजले पनि विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर मास्टर्स लेबलको कक्षा सुरु गरेको पाइन्छ । पछि त्रिभुवन विश्वविद्यालयबाट यी सबै पृष्ठभूमिको अध्ययन गर्दै स्नातक तहमा सामाजिक कार्य विषयको पाठ्यक्रम विकास गरी उपत्यकाका केही कलेज र सम्बन्धन प्राप्त कलेजहरूलाई पनि अध्यापनको अनुमति दिइयो र स्नातकोत्तर तहमा कक्षा संचालन गर्न सिनास (CNAS) अन्तर्गत डा. मृगेन्द्र ब. कार्कीको नेतृत्वमा सेमेष्टर पद्धति अनुसार २०७०÷२०७१ बाट अध्ययन अध्यापनको काम सुरु भएको हो। त्यसै गरी उपत्यकाभित्रका आंगिक क्याम्पसमा त्रि–चन्द्र बहुमुखी क्याम्पसले विद्यार्थीहरूको चापलाई ध्यानमा राखी सामाजिक कार्य विषयको भिन्नै विभाग खोली दिवा रसायमकालीन दुवै क्षेत्रमा कक्षा संचालन गर्दै आइरहेको छ।

उपसंहार
हरेक समाज र राष्ट्रले आ–आफ्नो सांस्कृतिक विशिष्टताका माध्यमबाट आफ्ना नागरिकहरूका आवश्यकता परिपूर्ति गर्न चाहन्छ। यसका लागि सामाजिक सेवा प्रदान गर्ने प्रकृया पनि मौलिक नै हुनसक्छन् । नेपालका सन्दर्भमा हेर्दा प्राचीन कालदेखि नै यहाँ सनातन हिन्दु धर्म र बौद्ध धर्मका माध्यमबाट नागरिकहरूलाई सेवा प्रदान गरेको पाइन्छ । हिन्दु धर्मावलम्वीहरूले गीता, उपनिषद् लगायतका धर्मशास्त्रहरूबाट प्रभावित भई मोक्ष प्राप्तिका लागि सामाजिक कार्य गरेको पाइन्छ । जस्तै चौतारा, पार्टी, सत्तल, पानीका कुवा र धारा बनाउने बाटो बनाउनेलगायतका कार्यलाई लिन सकिन्छ भने भगवान गौतम बुद्धको उपदेशलाई अवलम्बन गर्दै बुद्ध धर्माबलम्बीहरूले गरेका कार्यहरूलाई लिनसकिन्छ, तर वर्तमान विज्ञान र प्रविधिको युगमा आधुनिक संचार माध्यम, प्रविधि रहनसहन खानपान पेशालगायतका कारणले सिर्जित सामाजिक समस्यालाई व्यवस्थापन गर्न बौद्धिक र पेशागत दक्ष जनशक्तिको आवश्यकता पर्ने भएकाले नेपालका सन्दर्भमा सामाजिक कार्य विषय सबै विधा एवं क्षेत्रमा अपरिहार्य विषयका रूपमा अवलम्बन गर्नुपर्ने आवश्यकता दिनप्रतिदिन बढ्दै गएको देखिन्छ ।

Faculty

 Laxman Subedi

Assistant Professor